PahiloPost

Jul 27, 2025 | १२ साउन २०८२

उत्तर कोरियाद्वारा अर्को हाइड्रोजन बम परीक्षणको धम्की



पहिलोपोस्ट

उत्तर कोरियाद्वारा अर्को हाइड्रोजन बम परीक्षणको धम्की
फोटो श्रोतः businessinsider.com

सोलः उत्तर कोरियाले फेरि हाइड्रोजन बम परीक्षण गर्ने चेतावनी दिएको छ। उत्तर कोरियाका विदेशमन्त्रीले अर्को बम परीक्षण गर्ने धम्की दिएका हुन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालैमात्र उत्तर कोरियालाई ध्वस्त गर्ने धम्की दिएका थिए। उत्तर कोरियाले यसअघि पनि बारम्बार आणविक परीक्षण गरेकाले त्यसका विरुद्धमा राष्ट्रपति ट्रम्पले धम्की दिएका थिए।

अमेरिकाले दिएको धम्कीकाविरुद्धमा उत्तर कोरियाले पुनः अर्को हाइड्रोजन बम मिश्रित परीक्षण हुने जनाएको छ। 

उत्तर कोरियाका विदेशमन्त्री रि योङ हुले उत्तर कोरियाली नेताले पुनः यस्तो परीक्षणका लागि आदेश गरेका र सो आदेश अमेरिकी राष्ट्रपतिले उत्तर कोरियाका विरुद्धमा दिएको अभिव्यक्तिका विरुद्धमा भएको जानकारी दिएका हुन्। 

शुक्रबार न्युयोर्कमा सम्वाददाताहरुसँग कुरा गर्दै उत्तर कोरियाली विदेशमन्त्री रिले उत्तर कोरियाले अर्को र यसअघिको भन्दा अझ शक्तिशाली आणविक परीक्षण गर्ने र सो परीक्षण क्षेप्यास्त्रमा राख्न मिल्ने किसिमको हाइड्रोजन बम हुने बताए। 

उनले भने– मलाई लाग्छ सो परीक्षण अहिलेसम्मकै सबैभन्दा शक्तिशाली हुनेछ र उक्त परीक्षण प्रशान्त क्षेत्रलाई लक्षित गरेर गरिनेछ। 

विदेशमन्त्री रिले भने– हाम्रो नेता किम जोङ उनको योजना बमोजिम यो परीक्षण हुनेछ र मैले भनेभन्दा अझै ठूलो र शक्तिशाली पनि यो हुन सक्नेछ। 

उत्तर कोरियाका नेता किम जोङ उनले यस्तो खालको हतियार निर्माणस्थलको निरीक्षण गरेको जानकारी हालैमात्र बाहिर आएको थियो। 

पश्चिमा देशहरूले यस्तो खालको ब्यालेस्टिक क्षेप्यास्त्रमा प्रयोग गर्न मिल्नेगरी उत्तर कोरियाले परमाणुसँग सम्बन्धित उपकरणहरू निर्माण गर्नसक्ने गरी प्रविधिको विकास गर्ने बारेमा आशङ्का व्यक्त गर्दै आएका थिए। तर अहिले सो अशङ्काका बारेमा केही भन्ने गरिएको छैन। 

उत्तर कोरियाले यही सेप्टेम्बर ३ मा पनि यस्तै हाइड्रोजन बम मिश्रित परीक्षण गरेको थियो। आणविक परीक्षण करिब ५० किलोटनको रहेको दक्षिण कोरियाको रक्षा मन्त्रालयले हालै जानकारी दिएको थियो। रासस/एएफपी
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell