PahiloPost

Jul 27, 2025 | १२ साउन २०८२

वीरगंजमा कांग्रेसले बनायो फराकियो अग्रता : राजपा र संघीय समाजवादीबीच प्रतिस्पर्धा



पहिलोपोस्ट

वीरगंजमा कांग्रेसले बनायो फराकियो अग्रता : राजपा र संघीय समाजवादीबीच प्रतिस्पर्धा

वीरगंजः तेस्रो चरणको स्थानीय तह निर्वाचनमा एक मात्र महानगर वीरगंजको जारी मतगणनामा कांग्रेसले मतान्तर फराकिलो बनाउँदै लगेको छ। यसअघि राजपा उम्मेद्वारसँग कडा प्रतिस्पर्धा देखिए पनि अहिले अन्तर फराकिलो भएको हो।

यसअघि कांग्रेस उम्मेद्वारसँग राजपाको तिब्र प्रतिस्पर्धा देखिए पनि कांग्रेसले फराकिलो अन्तर बनाएपछि उसको प्रतिस्पर्धा संघीय समाजवादी फोरमसँग सुरु भएको छ। फोरम उम्मेद्वारले राजपा उम्मेद्वारलाई उछिन्दैअघी बढेपछि उसको प्रतिस्पर्धी बदलिएको हो। 

शुकबार दिउँसो २ बजे सार्वजनिक मतपरिणाम अनुसार नेपाली कांग्रेस संघीय समाजवादी र राजपाभन्दा करिब ६ सयको मतान्तरसहित अगाडि देखिएको छ। 

मेयर पदमा नेपाली कांग्रेसका उम्मेद्वार अजय द्विवेदीले ४ हजार ९ सय ४९ मत प्राप्त गरेका छन् भने संघीय समाजवादी फोरमका उम्मेदवार विजय सरावगीले ४ हजार ३ सय ४४ मत प्राप्त गरेका छन्।

कांग्रेस उम्मेद्वार द्वीवेदीसँग प्रतिस्पर्धा गरिरहेका राजपा उम्मेद्वार राजेशमान सिंह भने संघीय समाजवादीका रसावगीभन्दा पछि ४ हजार ३ सय एक मत प्राप्त गरेका छन्।

माओवादी केन्द्रका युवा नेता रहबर अन्सारी २ हजार ७ सय ४३ मतसहित चौथोँ र एमालेका बसरुद्दिन अन्सारी २ हजार १ सय ३२ मतसहित पाँचौँ स्थानमा छन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell