PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

बम विष्फोटमा परी थाइल्याण्डमा चार सैनिकको मृत्यु



पहिलोपोस्ट

बम विष्फोटमा परी थाइल्याण्डमा चार सैनिकको मृत्यु

बैंककः दक्षिण थाइल्याण्डमा सडक किनारमा राखिएको बम विष्फोटमा परी  चार सैनिकको मृत्यु भएको छ। 

सैनिक सवार सवारीसाधनलाई लक्षित गरी सडक किनारमा बम विष्फोट गराइएको थियो। 

मलेसियामको सीमा क्षेत्रमा रहेको मुसलमानको बलियो प्रभाव रहेको भनिएको यस इलाकामा मलाय आतंककारीहरूले जारी राखेका जातीय द्वन्द्वमा एक दशकभन्दा बढी समयदेखि हिंसा जारी छ। 

हिंसाका कारण छ हजार ८०० भन्दा बढी सर्वसाधारण मारिएका छन्। 

सुदूरदक्षिण सीमा क्षेत्रमा पर्ने तीन इलाकामा विद्रोही समूहले प्रायः सुरक्षा अधिकारीलाई लक्षित गर्दै आएका छन्। रासस/एएफपी

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell