
भक्तपुरः सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले संविधान कार्यान्वयनसँगै मुलुकलाई आर्थिक समृद्धितर्फ लैजान सबै एक ढिक्का भएर लाग्नु पर्ने बताए।
मध्यपुर ब्याइज ब्याण्डले मध्यपुरथिमिको गठ्ठाघरमा विजया दशमी तथा दीपावलीको अवसरमा आयोजना गरेको ओपन रोड शो को उद्घाटन गर्दै मन्त्री बस्नेतले प्रदेश र प्रतिनिधिसभाको आगामी निर्वाचनलाई भब्यताका साथ सफल गरेर मुलुकमा देखिएको राजनीतिक अन्र्यौलता, अस्थिरता र राजनीतिक वादविवाद अन्त्य गरी मुलुकको आर्थिक विकास एवं समृद्धिका लागि सबै लाग्नुपर्ने बताए।
मन्त्री बस्नेतले मुलुकप्रतिको दायित्व निर्वाह गर्न युवा वर्गको भूमिका महत्वपूर्ण हुने बताउँदै संविधानलाई कार्यान्वयन गरेर राजनीतिक निकास दिनुपर्नेमा जोड दिए।रासस