PahiloPost

May 5, 2026 | २२ बैशाख २०८३

पूर्वराजाले यसवर्ष दशैंमा टीका नलगाउने



पहिलोपोस्ट

पूर्वराजाले यसवर्ष दशैंमा टीका नलगाउने

काठमाडौंः पूर्वराजा ज्ञानेन्द्र शाहले यसवर्ष दशैंको टीका नलगाउने भएका छन्। 

देशमा प्राकृतिक विपत्ती आएको भन्दै दशैंमा टीका नलगाउने र शक्तिपीठको दर्शन नगर्ने पूर्वराजाका निजी सचिव फणि पाठकद्वारा शुक्रबार जारी विज्ञप्तीमा उल्लेख छ। 

आफूलाई केही हप्ता आराम गर्नुपर्ने र बाढी पहिरोले सर्वसाधारणको दैनिकी असहज भएकाले यो निर्णय गरेको पूर्वराजा शाहले बताएका छन्।

विज्ञप्तिमा आफ्नो प्रार्थना, चिन्ता र चासो समग्र नेपालीको हित र समुन्नतिमा भएको उल्लेख छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell