PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

राजधानीमा गोली हानाहान, चक्रे मिलन समूहका एक जनालाई लाग्यो प्रहरीको गोली



सविन ढकाल

राजधानीमा गोली हानाहान, चक्रे मिलन समूहका एक जनालाई लाग्यो प्रहरीको गोली
प्रतीकात्मक फोटो

काठमाडौँ : भक्तपुर र काठमाडौँको सीमाका रुपमा रहेको मनोहरा खोला नजिकै शुक्रबार राति साढे सात बजे प्रहरी र गुन्डा नाइकेहरुबीच गोली हानाहान हुँदा एक जना घाइते भएका छन्। 

प्रहरीको गोली लागी घाइते भएका रामेश्वर गौतम गुन्डा नाइके चक्रे मिलनका विश्वासिला व्यक्ति हुन्।

'आपराधिक घटना भएको सूचना पाएपछि अपराध महाशाखाको टोली पुगेका थियौँ', एसएसपी दिवेश लोहनीले पहिलोपोस्टलाई भने, 'हामी त्यहाँ पुगेपछि उताबाट गोली चलाइयो। आत्मरक्षाका लागि हामीले पनि तीन राउन्ड फायर खोल्यौँ।'

प्रहरीले चलाएको गोली तीन जनामध्ये एक जनालाई लागेको थियो। घाइते गौतमलाई हाल वीर अस्पताल लगिएको छ। 

चक्रे मिलन पनि अहिले प्रहरी हिरासतमा नै छन्। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell