PahiloPost

May 5, 2026 | २२ बैशाख २०८३

उदयपुरको रामपुर ठोक्सिलामा भालेहात्ती मृत फेला



पहिलोपोस्ट

उदयपुरको रामपुर ठोक्सिलामा भालेहात्ती मृत फेला

उदयपुरः उदयपुरको बेलका नगरपालिका–८ स्थित रामपुर ठोक्सिलाको सिसौली जंगलमा शुक्रबार एक भाले हात्ती मृत फेला परेको छ । 

स्थानीयवासीले जंगलमा भालेहात्ती मरेको देखेपछि प्रहरीलाई खबर गरेका र प्रहरी र जिल्ला वन कार्यालयको टोली जंगलमा पुगेको  थियो। 

जिल्ला वन कार्यालय उदयपुरका प्रमुख विष्णु भण्डारीले दुई दिनअघि नै हात्ती मरेको हुन सक्ने बताए। 

अहिले प्रहरी र वनका कर्मचारीले अध्ययन थालेको र अनुसन्धानपछि मात्रै सबै कुरा बाहिर आउने उनले बताए।रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell