
उदयपुरः उदयपुरको बेलका नगरपालिका–८ स्थित रामपुर ठोक्सिलाको सिसौली जंगलमा शुक्रबार एक भाले हात्ती मृत फेला परेको छ ।
स्थानीयवासीले जंगलमा भालेहात्ती मरेको देखेपछि प्रहरीलाई खबर गरेका र प्रहरी र जिल्ला वन कार्यालयको टोली जंगलमा पुगेको थियो।
जिल्ला वन कार्यालय उदयपुरका प्रमुख विष्णु भण्डारीले दुई दिनअघि नै हात्ती मरेको हुन सक्ने बताए।
अहिले प्रहरी र वनका कर्मचारीले अध्ययन थालेको र अनुसन्धानपछि मात्रै सबै कुरा बाहिर आउने उनले बताए।रासस