PahiloPost

May 5, 2026 | २२ बैशाख २०८३

निर्वाचन आयोगले दलहरुलाई भन्यो -२२ गतेसम्म आधिकारिक नमूना दस्तखत पेश गर्नु



पहिलोपोस्ट

निर्वाचन आयोगले दलहरुलाई भन्यो -२२ गतेसम्म आधिकारिक नमूना दस्तखत पेश गर्नु

काठमाडौँ : निर्वाचन आयोगले आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन प्रयोजनका लागि राजनीतिक दलका तर्फबाट उम्मेदवार मनोनयनको औपचारिकपत्र प्रदान गर्न अधिकार पाएका पदाधिकारीको दस्तखत नमूना यही असोज २२ गतेसम्म पेश गर्न सूचना जारी गरेको छ। 

आयोगका अनुसार त्यस्तो नमूना दस्तखत सम्बन्धित राजनीतिक दलको केन्द्रीय कार्यकारिणी समिति वा प्रदेश समितिका पदाधिकारीको हुनुपर्नेछ।

प्रदेशसभा सदस्यका लागि प्रदेशसभा सदस्य निर्वाचन तथा प्रतिनिधिसभा सदस्यका लागि प्रतिनिधिसभा सदस्य निर्वाचन ऐनअनुरुप आधिकारिक दस्तखत नमूना पेश गर्न बेग्लाबेग्लै सूचना जारी भएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए। 

मनोनयनसम्बन्धी औपचारिकपत्रको ढाँचा आयोगको वेबसाइट www.election.gov.np  बाट डाउनलोड गरी वा आयोगको कानून तथा राजनीतिक दल सम्बन्ध महाशाखाबाट प्राप्त गर्न सकिने छ। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell