PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

प्रचण्डले भने -निर्वाचन खर्चिलो र बोझिलो भयो, समानुपातिक प्रणालीबाट गरौं



पहिलोपोस्ट

प्रचण्डले भने -निर्वाचन खर्चिलो र बोझिलो भयो, समानुपातिक प्रणालीबाट गरौं

हेटौँडाः नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचन खर्चिलो र बोझिलो बन्दै गएको बताएका छन्। 

हेटौँडामा शुक्रबार आयोजित पत्रकारसम्मेलनमा अध्यक्ष प्रचण्डले अहिलेको निर्वाचनले आर्थिक अराजकता ल्याउन सक्ने खतरा रहेको औल्याउँदै सबै चुनाव समानुपातिक प्रणालीबाट गर्नुपर्ने बताए। 

उनले पाँच वर्षसम्म स्थिर सरकार चलाउने व्यवस्था भए राजनीतिक स्थिरता कायम भई आर्थिक उन्नतितर्फ मुलुकको ध्यान केन्द्रित गर्न सकिने भन्दै इमान्दरिताका साथ काम गर्ने हो भने देशमा तीव्र आर्थिक विकास हुने बताए। रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell