PahiloPost

Jul 27, 2025 | १२ साउन २०८२

महोत्तरीको भंगहा नगरपालिकामा राजपा विजयी



पहिलोपोस्ट

महोत्तरीको भंगहा नगरपालिकामा राजपा विजयी

गौशाला : महोत्तरीमा राजपा थप दुई स्थानमा नेपालले विजयी हासिल गरेको छ।

मुख्य निर्वाचन अधिकृत किरणकुमार पोखरेलका अनुसार भंगहा नगरपालिका प्रमुखमा राजपा नेपालका संजीवकुमार साह चार हजार ४७८ मत ल्याएर विजयी भएका हुन्। त्यस्तै उपप्रमुखमा सोही दलकी गंगाकुमारी सिंह दनुवार चार हजार ३९६ मत ल्याएर विजयी भएकी छन्।

निकटतम प्रतिद्वन्द्वी क्रमशः नेपाली कांग्रेसका ओमशंकर यादवले तीन हजार ७६६ र राजनारायण साहले तीन हजार ६६ मत पाएका छन्।

त्यसैगरी एकडारा गाउँपालिका अध्यक्षमा राजपाकै रामछविला साह दुई हजार ३१८ मत ल्याएर विजयी भएका छन्। त्यस्तै उपाध्यक्षमा सोही दलकी महजवी खातुन दुई हजार २५२ मत ल्याएर विजयी हुनुभएको निर्वाचन अधिकृत पोखरेल बताए।

निकटतम प्रतिद्वन्द्वीमा क्रमशः संघीय समाजवादी फोरम नेपालका दीपनारायण मण्डलले एक हजार ९६८ र निर्मलाकुमारी यादवले एक हजार ९९५ मत पाएका छन्। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell