PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

पर्साको पर्सागढी नगरपालिकामा कांग्रेसका लोकनारायण यादव विजयी



पहिलोपोस्ट

पर्साको पर्सागढी नगरपालिकामा कांग्रेसका लोकनारायण यादव विजयी

वीरगञ्ज : पर्साको पर्सागढी नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका लोकनारायण यादव विजयी भएका छन्। तीन हजार ९६५ मत प्राप्त गरी यादव विजयी भएका हुन्। 

७० मतान्तरले यादवले एमाले उम्मेदवार गोकर्ण पाठकलाई पराजित गरेका हुन्। पाठकले तीन हजार ८९५ मत पाए।

उपमेयरमा पनि कांग्रेसकै अर्चना चौधरी विजयी भएकी छन्। चौधरीले चार हजार ५५९ मत पाइन। उपमेयरमा एमालेकी माली देवीले तीन हजार ६५० मत प्राप्त गरेकी छन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell