PahiloPost

Jul 27, 2025 | १२ साउन २०८२

नासाको नासो ‘मुन ट्री’ इर्मा आँधीबाट नष्ट



पहिलोपोस्ट

नासाको नासो ‘मुन ट्री’ इर्मा आँधीबाट नष्ट
फोटो श्रोतः usatoday.com

फ्लोरिडाः क्यारेवियन महासागरबाट सुरु भई अमेरिकाको फ्लोरिडामासमेत लाखौं मानिसलाई आतङ्कित पारेको आँधी इर्माले एपोलो मिसनमा चन्द्रमालाई परिक्रमा गरी फ्लोरिडाको केनेडी अन्तरिक्ष केन्द्रमा हुर्काइएको एक वृक्ष, ‘मुन ट्री’ लाई नष्ट गरेको छ। 

केनेडी अन्तरिक्ष केन्द्रले शुक्रबार आँधीबाट भएको क्षतिको लगत सङ्कलन र जानकारी गराउने क्रममा ऐतिहासिक मुन ट्री पनि ढलेको जनाएको छ। 

सन् १९७१ मा अन्तरिक्ष यात्री स्टुआर्ट रूसाले एपोलो १४ मा लिएर गएका सयौँ वृक्षका वीउ लिएर गएका थिए। एपोलो १४ पृथ्वीमा फर्केपछि भएको विष्फोटपछि ती सबै मिसिएका थिए। तिनीहरू परीक्षणका लागि प्रयोग गर्न नसकिए पनि आफ्नै हिसाबले उम्रेर हुर्किएका थिए । 

अमेरिकाको २०० औँ जन्मोत्सवका उपलक्ष्यमा पछि ती विरुवालाई राज्यका विभिन्न स्थानमा सारिएको थियो। तर सबै विरुवा कहाँ सारिएको भन्ने कुनै तथ्याङ्क छैन। 

नासाको दर्शक दिर्घामा रोपिएको उक्त ‘मुन ट्री’ले अन्तरिक्ष अन्वेषणको अमेरिकी अन्वेषण केन्द्र नासाको इतिहासलाई इर्माले ढलाएको हो । रासस/एपी

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell