PahiloPost

Jul 27, 2025 | १२ साउन २०८२

भुट्टोको हत्यामा आफ्नो संलग्नता नरहेको पर्वेज मुसरफको दावी



पहिलोपोस्ट

भुट्टोको हत्यामा आफ्नो संलग्नता नरहेको पर्वेज मुसरफको दावी
फोटो श्रोतः dawn.com

इस्लामाबाद : पाकिस्तानका पूर्वसैनिक शासक जनरल पर्वेज मुसरफले पूर्वप्रधानमन्त्री बेनेजिर भुट्टोको हत्यामा आफ्नो संलग्नता नरहेको बताएका छन्। 

लण्डनबाट भिडियो सन्देश सार्वजनिक गर्दै मुसरफले भुट्टोको हत्याबाट उनका श्रीमान् असिफ अलि जर्दारी एक जनालाई मात्रै फाइदा भएको बताए। भुट्टोको हत्यापछि त्यसैलाई उपयोग गरेर आफू राष्ट्रपति बन्न सफल भएको मुसरफले दावी गरे। 

सन् २००७ मा रावलपिण्डीमा भुट्टोको आत्मघाती हमलामा परी मृत्यु भएको थियो। 

पाकिस्तानको एउटा अदालतले गत महिना मात्रै भुट्टोको हत्यामा संलग्न भएको भन्दै दुई जना पूर्वप्रहरी अधिकृतलाई १७ वर्ष जेल सजाय सुनाएको थियो। रासस/एपी

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell