PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

सिद्धबाबामा खसेको  पहिरोले ट्रक र कार पुरिए, मृत्यु हुनेको संख्या तीन पुग्यो



पहिलोपोस्ट

सिद्धबाबामा खसेको  पहिरोले ट्रक र कार पुरिए, मृत्यु हुनेको संख्या तीन पुग्यो

  • चन्द्रकान्त खनाल
बुटवलः धुलेपहिरो खसेर सिद्धबाबामा कार र ट्रक पुरिएकाे छ। पहिरोले पुरिएर तीन जनाको मृत्यु भएको छ। दुई जनाको घटनास्थलमै र एक जनाकाे उपचारका क्रममा मृत्यु भएको हो। लु १ च ७९९४ नम्बरको कार र ना ३ ख ६१९१ नम्बरको ट्रक पहिरोले पुरेको हो। 

मृत्यु हुनेमा ट्रक चालक तिनाउ गाउँपालिका–४ का माधव राना, कारमा सवार गुल्मी रुरु गाउँपालिका काउलेका तीलकराम भण्डारी र बलेटक्सार–४ गुल्मीका यमलाल ज्ञवाली छन्।

ट्रक चालक राना र कारमा सवार भण्डारीको घटनास्थलमा र कारमा सवार अर्का ज्ञवालीको लुम्बिनी अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। 

कारमा सवार भण्डारीकी श्रीमती राधिका सामान्य घाइते भएकी छन्। 

दुर्घटनाले बिहानदेखि सडक अवरुद्ध हुँदा बुटवलबाट पाल्पा, गुल्मी, स्याङ्जा हुँदै पोखरा जाने र बुटवल फर्कने सवारी रोकिएका थिए। 
प्रहरीले डोजर लगाएर अवरुद्ध सडक दुवैतर्फ खुलाएको छ। 

तिनाउ गाउँपालिका दोभानको हेडबक्स भन्ने स्थानमा पहिरो खसेको हो। 

 पटक–पटक सिद्धबाबामा धुले पहिरो र हिले पहिरोका कारण वर्षेनी मानिसको ज्यान जाने गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell