PahiloPost

May 6, 2026 | २३ बैशाख २०८३

वीरगञ्जमा कांग्रेस र फोरमबीच प्रतिस्पर्धा, मेयरमा ८२ मतले कांग्रेस अगाडि



पहिलोपोस्ट

वीरगञ्जमा कांग्रेस र फोरमबीच प्रतिस्पर्धा, मेयरमा ८२ मतले कांग्रेस अगाडि

वीरगञ्ज : प्रदेश नम्बर २ को एकमात्र महानगरपालिका वीरगञ्जको जारी मतगणना रोचक बनेको छ। सुरुवातकाे मतगणनामा राजपाका उम्मेदवार राजेशमान सिंहले अग्रता लिएका थिए। तर, शनिबारदेखि सिंह तेस्रो स्थानमा पुगेका छन्। 

शनिबारदेखि कांग्रेस उम्मेदवार अजय द्धिवेदीले मेयरमा अग्रता लिएका छन्। उनलाई संघीय समाजवादी फोरमका उम्मेदवार विजयी सरावगीले पछ्याइरहेका छन्। 

शनिबार दिउँसो साढे एक बजेसम्मको पछिल्लो मतपरिणामअनुसार द्धिवेदीले ७९१४ र सरावगीले ७८३२ मत पाएका छन्।
राजपा उम्मेदवार सिंहले ५७९९ मत ल्याएका छन्।  

उपमेयरमा कांग्रेस उम्मेदवार शान्ति कार्कीले ९१८९ र फोरमकी उम्मेदवार पिंकी यादवले ७५०५ मत ल्याएकी छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell