PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

एमाले नेतृत्वले मुलुकलाई समृद्ध बनाउँछः महासचिव पोखरेल



पहिलोपोस्ट

एमाले नेतृत्वले मुलुकलाई समृद्ध बनाउँछः महासचिव पोखरेल

काठमाडौँः नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले मुलुकलाई आर्थिक सम्मुनतितर्फ उन्मुख गराई जनतालाई समृद्ध पार्नका लागि आफ्नो दलको नेतृत्व आवश्यक रहेको बताएका छन्। 

टोखा नगरपालिका–६ पार्टी कमिटीले आयोजना गरेको कार्यक्रममा महासचिव पोखरेलले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा पार्टीलाई अग्रस्थानमा लैजान जनवर्गीय संगठन तथा कार्यकर्ताले जनताको सेवालाई केन्द्रमा राखेर अगाडि बढ्नुपर्ने बताए।

उनले भने,‘जनताको सामाजिक रुपान्तरणका लागि कृषि, पर्यटन, पूर्वाधारलगायत विकासका लागि एमालेसँग प्रष्ट दृष्टिकोण छ।’रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell