PahiloPost

Apr 1, 2026 | १८ चैत्र २०८२

मोदीले भने–सन् २०२२ सम्ममा भारतका हरेक गरिबको एउटा घर हुन्छ 



पहिलोपोस्ट

मोदीले भने–सन् २०२२ सम्ममा भारतका हरेक गरिबको एउटा घर हुन्छ 
फोटो श्रोतः indianexpress.com

नयाँदिल्लीः भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतका हरेक गरिब परिवारको आगामी पाँच वर्ष भित्र आफ्नै घर हुने बताएका छन्। 

भारतको बाराणसीमा शनिबार आयोजित कार्यक्रममा प्रधानमन्त्री मोदीले भने,‘आउदो सन् २०२२ सम्ममा हरेक गरिब परिवार, ती गाउँका हुन् वा सहरका, ती सबैको एक एक वटा घर हुन्छ, उनीहरुलाई रोजगारी र अम्दानीको सुनिश्चितता हुनेछ।’

प्रधानमन्त्री मोदीले आफ्नो सरकारको मुख्य एजेण्डा विकास भएको बताए।

सरकारले केबल निर्वाचनका लागि वा राजनीतिका लागि मात्रै नभई राष्ट्रको हितका लागि प्राथमिकता दिएको मोदीको भनाई थियो।रासस/सिन्ह्वा
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell