PahiloPost

Jul 27, 2025 | १२ साउन २०८२

उपप्रधानमन्त्री श्रेष्ठलाई कालो ब्यानर देखाएको आरोपमा पोखरामा ९ विद्यार्थी पक्राउ



पहिलोपोस्ट

उपप्रधानमन्त्री श्रेष्ठलाई कालो ब्यानर देखाएको आरोपमा पोखरामा ९ विद्यार्थी पक्राउ

पोखराः  उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठलाई पोखरामा कालो ब्यानर देखाएको आरोपमा ९ विद्यार्थी पक्राउ परेका छन्। 

उनीहरुले शिक्षा ऐन संशोधनको विरोध गर्दै मन्त्री श्रेष्ठलाई कालो ब्यानर देखाएका थिए।

नेपाल पत्रकार महसंघ कास्कीद्वारा सञ्चालिन गजेन्द्र भण्डारी स्मृति पुरस्कार वितरण समारोहमा सहभागी हुन पोखरा उद्योग वाणिज्य संघको सभाहलतर्फ जान लागेका बेला संशोधन खारेज हुनुपर्ने माग गर्दै कालो ब्यानरसहित विरोध प्रदर्शन गरेको आरोपमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो
। 
पक्राउ पर्नेमा नयाँ शक्ति विद्यार्थी युनियनका महासचिव नेत्र चापागाई, सचिवद्वय बिकल पौडेल र रेशम सापकोटा, चार नम्बर प्रदेशका अध्यक्ष सुनील पौडेल, उपाध्यक्ष नवराज पौडेल, सचिव संगीत लामिछाने र बिशाल  तिमल्सिना छन्।
यसैगरी, नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थी संगठनको पृथ्वीनारायण क्याम्पसका अध्यक्ष आश तमु र शिव क्षेत्री पनि पक्राउ परेका छन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell