काठमाडौं: डान्स ग्रुप 'कार्टुन्ज क्रु' को नयाँ भिडियो सार्वजनिक भएको छ। 'रुपको क्यालेन्डर' बोलको गीतमा उनीहरुको फिचरिङ रहेको छ।
सुन्दर भिकेटीको स्वर रहेको गीतमा डिपी खनालको शब्द र शंकर थापा स्माइलको संगीत संयोजन रहेको छ। कार्टुन्ज क्रुका सरोज अधिकारीको निर्देशनमा निर्माण भएको भिडियो सरोज र सुबिनको कोरियोग्राफीमा बनेको हो। भिडियोमा आश्मा विश्वकर्मा, सरोज अधिकारी, लाक्पा लामा, राम घले, सुबिन अधिकारी, विकास राई देखिएका छन्।
‘एक महिनाको अभ्यास पछि तयार गरेको भिडियो हो, मिहेनतको नतिजा राम्रो होला भन्ने आश छ’, निर्देशक सरोजले भने।