PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

पहिलोपटक 'मिस युनिभर्स'मा नेपालको प्रतिनिधित्व गर्दैछिन् नग्मा श्रेष्ठ



पहिलोपोस्ट

पहिलोपटक 'मिस युनिभर्स'मा नेपालको प्रतिनिधित्व गर्दैछिन् नग्मा श्रेष्ठ

काठमाडौं: मिस नेपालको आयोजक द हिडेन ट्रेजरले आफ्नो २२ औं तथा मिस नेपालको २३ औं वार्षिकोत्सवको उपलक्ष्यमा नग्मा श्रेष्ठलाई पहिलो मिस नेपाल युनिभर्स घोषणा गरेको छ।

आयोजित वार्षिकोत्सव समारोहमा द हिडेन ट्रेजरका अध्यक्ष गोपाल सुन्दरलाल कक्षपतिले नग्मालाई ताज पहिराएका हुन्। अमेरिकाको लस भेगासमा आउदो नोभेम्बर २६ मा हुने मिस युनिभर्सको ६६ औं संस्करणम नग्माले सहभागिता जनाउने छिन्। उक्त सौन्दर्य प्रतियोगितामा पहिलो पटक नेपालको प्रतिनिधित्व हुने भएको हो। मिस नेपाल आयोजना सुरु भएको २३ वर्ष पुगिसक्दा पनि अहिलेसम्म मिस युनिभर्समा नेपालबाट सहभागिता भएको थिएन।



सन् २०१२ कि मिस नेपाल अर्थ रहेकी नग्मालाई मिस युनिभर्समा पठाउने निर्णय गरेको हो। मिस युनिभर्समा सहभागी हुन् नग्मा नोभेम्बर ५ मा अमेरिका जानेछिन्। नग्मा श्रेष्ठले सहभागिताको लागि आफू छानिएकोमा निकै खुशी रहेको बताइन्। भनिन्,’नेपालले पहिलोपटक सहभागिता जनाउने खबर राम्रो लागको थियो। अब आफैले प्रतिनिधित्व गर्न पाउने भएपछि खुशी थपिएको छ।‘



फोटो: आर्यन बिमली



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell