काठमाडौंः असोज २ गते निर्वाचन सम्पन्न भएका प्रदेश नम्बर २ का ८ जिल्लाका १३६ स्थानीय तहमध्ये१०९ वटा स्थानीय तहको मतपरिणाम सार्वजनिक भएको छ।
निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जे.इ.ओ.सी.) बाट शनिबार अपरान्हसम्म प्राप्त विवरण अनुसार, प्रमुख एवं अध्यक्ष पदमा नेपाली कांग्रेस ३३, नेकपा एमाले १३, नेकपा माओवादी केन्द्रका १९, राष्ट्रिय जनता पार्टी नेपालका १८, संघीय समाजवादी फोरम नेपालका २०, फोरम लोकतान्त्रिक ३, नेपाली जनता दल २ र नयाँ शक्ति १ स्थानीय तहमा विजयी भएका छन्।
यसैगरी, अहिलेसम्म ११०५ वटा वडाको मतपरिणाम प्राप्त भइसकेको छ। आयोगमा अब २५ स्थानीय तह र १६६ वडाको निर्वाचन परिणाम आउन बाँकी छ। असोज २ गते १३६ स्थानीय तहका १,२७१ वडाका लागि निर्वाचन भएको थियो।