
राजविराज: सप्तरीको खडक नगरपालिकाको प्रमुखमा संघीय समाजवादी फोरम नेपाल र उपप्रमुखमा नेपाली कांग्रेस विजयी भएको छ।
शनिबार राति अबेर सम्पन्न मत परिणामअनुसार प्रमुख पदमा संघीय फोरम नेपालका हेमायु हकले तीन हजार १२८ मत प्राप्त गरी विजयी भएका छन्। निकटतम प्रतिद्वन्द्वी कांग्रेसका किरणकुमार भगतले दुई हजार हजार ९९४ मत प्राप्त गरे।
उपप्रमुखमा कांग्रेसका यसमिन सुलतान खातुन तीन हजार २३७ मत प्राप्त गरी विजयी भएकी छन्। निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरमका बिन्दुलाकुमारी देवी झाले दुई हजार ७६९ मत प्राप्त गरिन।
सोही नगरपालिकाको वडा नं १, २, ३ मा कांग्रेस, ४ मा नेपाल फोरम लोकतान्त्रिक, ५ मा एमाले ,६ मा नेपाल लोकतान्त्रिक फोरम, ७ र ८ मा संघीय समाजवादी फोरम नेपाल, ९ र १० मा नेपाली कांग्रेस तथा वडा नं ११ मा संघीय समाजवादी फोरम नेपाल विजयी भएको छ।
नगरपालिकाका प्रमुख हेमायु पूर्वस्वतन्त्र सांसद मोहम्द सदरुल मियाँ हकका छोरा हुन् । उनको करिब चार वर्ष अगाडि आफ्नै परिवारका सदस्यबाट हत्या भएको थियो। सदरुल मियाँ २०६४ सालमा स्वतन्त्र उम्मेदवारका रुपमा क्षेत्र नं ५ बाट सांसद बनेका थिए। रासस