PahiloPost

Dec 27, 2024 | १२ पुष २०८१

वीरगञ्जमा कांग्रेसलाई पछि पार्दै फोरमले लियो अग्रता



राधेश्याम पटेल

वीरगञ्जमा कांग्रेसलाई पछि पार्दै फोरमले लियो अग्रता

वीरगञ्ज : असोज २ गते सम्पन्न स्थानीय निर्वाचनको जारी मतगणनामा वीरगञ्ज महानगरपालिकामा तीन दलबीच रोचक प्रतिस्पर्धा भइरहेको छ। सुरुवातमा राष्ट्रिय जनता पार्टीले अग्रता लिएको वीरगञ्जमा शुक्रबारदेखि नेपाली कांग्रेस र संघीय समाजवादी फोरमबीच प्रतिस्पर्धा भएको थियो। आइतबार बिहानदेखि फेरि झिनो मतान्तरले फोरमले कांग्रेसलाई पछि पारेको छ।

अहिलेसम्म ४५ हजार २२३ मतमगणना भइसकेको छ। 

आइतबार बिहान ९ बजेसम्मको पछिल्लो मतपरिणाम अनुसार फोरमका उम्मेदवार विजय सरावगी कांग्रेस उम्मेदवार अजय द्धिवेदीभन्दा ११८ मतले अघि छन्। 

सरावगीले ९ हजार ९४६ मत पाएका छन्। द्धिवेदीले ९ हजार ८२८ मतका साथ उनलाई पछ्याइरहेका छन्। 

तेस्रो स्थानमा राजपाका राजेशमान सिंहले ६ हजार ९३९ मत पाएका छन्। एमालेका बसरुद्दीन अन्सारीले चार हजार ९३१ मत पाएका छन्। माओवादी केन्द्रका रहबर अन्सारी चार हजार ४७५ मतसहित पाँचौँ स्थानमा छन्। लोकतान्त्रिक फोरमका विमल श्रीवास्तवले तीन हजार ९४६ मत पाएका छन्। 

उपमेयरमा भने कांग्रेस उम्मेदवार शान्ति कार्की संघीय समाजवादी फोरमकी उम्मेदवार पिंकी यादवभन्दा दुई हजार ६ मतले अघि छिन्। कार्कीले ११ हजार २७५ मत पाएकी छन्। 
 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell