PahiloPost

Jul 27, 2025 | १२ साउन २०८२

बाराको जीतपुरसिमरा उपमहानगरमा एमाले विजयी



पहिलोपोस्ट

बाराको जीतपुरसिमरा उपमहानगरमा एमाले विजयी

वीरगन्ज: प्रदेश नम्बर २ कै सबैभन्दा बढी सम्भावना बोकेको जीतपुरसिमरा उपमहानगरपालिकाको मेयर र उपमेयरमा एमालेले विजय हासिल गरेको छ। मेयरमा डा कृष्ण पौडेल र उपमेयरमा सरस्वती चौधरी विजयी भएका हुन्। 

पौडेलले १४ हजार ८६५ मत ल्याएका छन्, भने चौधरीले १४ हजार ४५९ मत ल्याइन्।

मेयरमा पराजित नेपाली कांग्रेसका कृष्णब्रत सिंहले १२ हजार ४३ मत ल्याए। उपमेयरमा पराजित कांग्रेसकी निरु रायमाझीले १२ हजार ४६५ मत ल्याइन्। माओवादी केन्द्रका राजन पौडेलले मेयरमा ११ हजार २४८ मत र उपमेयरमा गायत्रीदेवी थरुनीले १० हजार ८६६ मत पाइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell