_.jpg)
लहान: सिरहा नगरपालिकाको प्रमुखमा संघीय समाजवादी फोरमका अशेश्वर यादव र उपप्रमुखमा एमालेका डा नविता यादव विजयी भएकी छन्।
फोरमका अशेश्वर यादवले नौ हजार २३४ मत प्राप्त गरे। निकटतम प्रतिद्वन्द्वी एमालेका नवीन यादवले नौ हजार ६३ मत प्राप्त गरे।
त्यसैगरी उपप्रमुखमा नविता यादव नौ हजार १६३ मत प्राप्त गरी विजयी भएकी छन्। निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरमका शोभाकुमारी मण्डलले आठ हजार ९९० मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत अमृतबहादुर बस्नेतले जानकारी दिए। रासस