
कपिलवस्तुः कपिलवस्तुको कृष्णनगर नगरपालिका–७ बुटहनियाबाट कटुवा पेस्तोल र गोलीसहित एकजना पक्राउ परेका छन्।
इलाका प्रहरी कार्यालय बहादुरगञ्जको गस्ती टोलीले बुटहनियामा दुई वटा कटुवा पेस्तोल र त्यसमा लाग्ने दुई राउण्ड बुलेटसहित भरत चौधरीलाई पक्राउ गरेको हो।
चौधरीलाई प्रहरीले आज बिहान बुटहनियास्थित आफ्नै मिलबाट पक्राउ गरेको हो।रासस