बलिउडबाट फिल्म 'न्युटन'ले अस्करको लागि अफिसियल इन्ट्री पाएको छ। फिल्मले अस्कार २०१८ मा विदेशी भाषाको फिल्म विधामा प्रतिस्पर्धा गर्न पाउने भएको हो।
राजकुमार रावको मुख्य अभिनय रहेको फिल्म न्युटन अस्करका लागि चयन भएको खबर रावले ट्विटरमार्फत सार्वजनिक गरेका हुन्। उनले लेखेका छन्,'यो वर्ष इन्डियाबाट फिल्म न्युटनले अस्करमा सहभागिता जनाउने खबर सार्वजनिक गर्न पाउँदा अत्यन्त खुशी छु।'
द इन्डियन एक्सप्रेससँगको कुरामा रावले भनेका छन्,'बलिउडमै सकारात्मक प्रतिक्रिया पाउनुले उर्जा मिलेको थियो। अब त झन् अस्करमा सहभागिता जनाउने भयौं। जुन प्यासन, लगाव र इमान्दारिता खर्च गरेर फिल्म बनायौं त्यसले राम्रो नतिजा दिएको छ।' ठुलो बजेटको फिल्म र मसला र मनोरञ्जन मात्रले फिल्म राम्रो नबन्ने सन्देश न्युटनले दिएको बताए।Very happy to share this news that #NEWTON is India's official entry to the #OSCARS this year. Congratulations team.
— Rajkummar Rao (@RajkummarRao) September 22, 2017
शुक्रवारबाट प्रदर्शनमा आएको फिल्मलाई अमित मसुस्करले निर्देशन गरेका हुन्। उनले फिल्म प्रदर्शनमा आउनु र अस्करका लागि चयन एकैदिन हुनुलाई संयोग मानेका छन्। राजकुमार राव, अञ्जली पाटिल, रघुबीर यादव, दानिश हुसैन, पंकज त्रिपाठी, र संजय मिश्रा लगायतको अभिनय रहेको छ।
नेपालबाट भने फिल्म 'सेतो सूर्य' अस्कर विदेशी भाषाको फिल्मका लागि चयन भएको छ। ९०औं संस्करणको अस्कर २०१७ को ११ सेप्टेम्बरमा सुरु भएर सन् २०१८ को ४ मार्चना सक्किनेछ। अन्तिम कार्यक्रम क्लालिफोर्नियामा हुनेछ।