PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

शिक्षा ऐनले युवालाई नयाँ ढोका खोलेको शिक्षा राज्यमन्त्रीको दाबी



पहिलोपोस्ट

शिक्षा ऐनले युवालाई नयाँ ढोका खोलेको शिक्षा राज्यमन्त्रीको दाबी

चितवनः शिक्षा राज्यमन्त्री शेषनाथ अधिकारीले शिक्षा ऐन नवौं संशोधनले शिक्षकको अनुमतिपत्र लिएर बसेका जल्दाबल्दा युवाका लागि ढोका खोलेको दाबी गरेका छन्। 

चितवनको भरतपुरमा पत्रकारसँग कुरा गर्दै राज्यमन्त्री अधिकारीले ऐनले कसैलाई अन्याय नगरेको जिकिर गर्दै दक्षता नभएकाहरु परीक्षाबाट छाँटिने बताए। अधिकारीले भने,‘परीक्षामा ४० नम्बर नल्याए गोल्डेन हेनसेकमार्फत अस्थायी शिक्षक बाहिरिन्छन्, लामो समय सेवा गरेपछि स्थायीले पेन्सन पाउने भए पनि अस्थायीलाई गोल्डेन ह्यान्डसेक दिइनेछ।’

नेपालमा २६ हजारको हाराहारीमा अस्थायी शिक्षक छन्। स्थायी हुँदा ७५ प्रतिशत आन्तरिक र २५ प्रतिशत नयाँले अवसर पाउने उनले बताए। करिब १९ हजार नयाँले अवसर पाउने उनको भनाइ थियो। 

यसअघि नै १० हजार ५०० ले गोल्डेन ह्यान्डसेकका लागि फाराम भरेकाले मानसिक रुपमा उनीहरु छाड्ने तयारीमा रहेको उनले बताए। उनले अब हरेक वर्ष शिक्षक सेवा आयोगले परीक्षा लिएर नयाँ शिक्षक नियुक्ति गर्दै जाने पनि बताए।रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell