PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

पहिलोपटक एउटै स्क्रिनमा देखिएलान् अनिल कपूर र छोरी सोनाम?



पहिलोपोस्ट

पहिलोपटक एउटै स्क्रिनमा देखिएलान् अनिल कपूर र छोरी सोनाम?

बलिउडमा अभिनय शैलीका कारण फरक पहिचान बनाउन सफल छन् अभिनेता अनिल कपूर र अभिनेत्री सोनाम कपूर। बुवा छोरी भएर पनि एउटै स्क्रिनमा एकपटक पनि देखिएनन्। अब भने यी कपूर बुवा र छोरीलाई फ्यानले एउटै पर्दामा देख्न पाउने भएका छन्।

बलिउड हंगामाले जनाए अनुसार शेली चोपडाको डेब्यु निर्देशन रहने फिल्ममा यी दुई बुवा छोरी देखिने भएका हुन्। जसमा अनिल र सोनाम बुवा छोरीकै भूमिकामा देखिने छन्। शेलीले चाडै नै फिल्मको ‍औपचारिक घोषणा गर्ने जनाएकी छिन्। गत वर्ष नै संजय दत्तलाई लिएर शेलीले 'मार्को भाउ' बनाउने भएकी थिइन्। तर संजय दत्तको आन्तरिक कारण उनले चोपडालाई समय दिन पाएनन् र फिल्म भूमी उनको कम ब्याक फिल्म रह्यो।

घोषणा गरेर पनि नबनेको उक्त फिल्ममा अनिल कपूर र सोनाम देखिन सक्छन्। हाल भने अनिल कपूर अभिनव बिन्द्रको बायो पिकको तयारीमा व्यस्त छन्। जसमा उनको छोरा हर्यवन्धनको पनि अभिनय रहनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell