PahiloPost

Jul 27, 2025 | १२ साउन २०८२

मेक्सिकोमा फेरि गयो ६.२ रिक्टर स्केलकाे भूकम्प



पहिलोपोस्ट

मेक्सिकोमा फेरि गयो ६.२ रिक्टर स्केलकाे भूकम्प
फोटो श्रोतः nydailynews.com

बेइजिङः मेक्सिकोको दक्षिणी भुभागमा केन्द्रविन्दु बनाएर शनिबार फेरि शक्तिशाली भूकम्प गएको अमेरिकी भौगर्भिक अध्ययन केन्द्रले जनाएको छ। 

केन्द्रका अनुसार ६.२ रिक्टर स्केल मापन गरिएको भूकम्पको केन्द्रविन्दु ओसाकाको माटियस रोमेरो भन्ने स्थानमा ३२ किलोमिटरको गहिराइमा रहेको बताइएको छ। 

मेक्सिकोमा केही दिन पहिले गएको शक्तिशाली भूकम्पको पराकम्पनले फेरि तर्साएको छ। 

गत बिहीबार मेक्सिकोको मध्यक्षेत्रमा केन्द्रविन्दु भएर गएको भूकम्पमा परी अहिलेसम्म मृत्यु हुनेको सङ्ख्या ३०० पुगेको छ। रासस/सिन्ह्वा

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell