PahiloPost

Jul 27, 2025 | १२ साउन २०८२

दीनानाथ शर्माले भने–परिवर्तन पक्षधरसँग तालमेल गर्न माओवादी तयार



पहिलोपोस्ट

दीनानाथ शर्माले भने–परिवर्तन पक्षधरसँग तालमेल गर्न माओवादी तयार

बागलुङ : नेकपा माओवादी केन्द्रका नेता दीनानाथ शर्माले स्थानीय तह निर्वाचनको सफलता र आसन्न संघ तथा प्रादेशिक निर्वाचनको सुनिश्चितताले संविधान कार्यान्वयन पूर्णतातिर अघि बढेको बताएका छन्।

प्रेस सेन्टरले बागलुङमा गरेको पत्रकार भेटघाटमा शर्माले संघ र प्रदेशको निर्वाचनपछि मुलुक शान्ति, स्थायित्व र समृद्धिको दिशामा अघि बढ्ने बताए।

शर्माले निर्वाचनमा परिवर्तन पक्षधर जुनसुकै दलसँग तालमेल गरेर जान माओवादी केन्द्र तयार रहेको उल्लेख गर्दै स्थानीयस्तरमा पार्टीको हित र अनुकूलता हेरेर तालमेलमा जान सकिने बताए ।रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell