PahiloPost

Jun 10, 2025 | २८ जेठ २०८२

प्रहरीको ‘अप्रेशन एम्बुसिङ’, दैनिक दुई सयभन्दा बढी फन्दामा



सविन ढकाल

प्रहरीको ‘अप्रेशन एम्बुसिङ’, दैनिक दुई सयभन्दा बढी फन्दामा

काठमाडौं :  चाडपर्वमा हुने अपराधिक गतिविधिलाई नियन्त्रण गर्ने महानगरीय प्रहरी कार्यालयले उपत्यकाभित्र ‘एम्बुसिङ अप्रेसन’ सुरु गरेको छ।

प्रहरीको यो नयाँ अप्रेशनमा दैनिक दुई सय ५० भन्दा बढी पर्ने गरेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एआइजी जयबहादुर चन्दले बताए। 

एआइजी चन्द भन्छन् ‘उपत्यकाभित्र रहेका हिरासतमा दैनिक २ सय ५० जना यस्ता ‘एम्बुसिङ’मा परेर आउँछन्।’ 

के हो प्रहरीको एम्बुसिङ ?

उपत्यकाभित्र रातिको समयमा हुने अपराध गतिविधलाई नियन्त्रण गर्ने प्रहरीले संचालन गरेको अप्रेशनको नाम हो एम्बुसिङ अप्रेशन।

प्रहरीले रातिको समयमा हिडडुल गर्ने शंकास्पद व्यक्तिको निगरानी गर्छ। प्रहरीले यस्ता व्यक्तिलाई सुरक्षा घेरा हाली राति चेकजाँच गर्ने गर्छ।

रातिको समयमा हातहतियार बोकेर हिँडेको वा कुनै पनि अपराधिक गतिविधि गरेको देखिने वितिकै प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गर्छ।


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell