PahiloPost

Jul 27, 2025 | १२ साउन २०८२

दुवै रुकुमको जिससमा माओवादी केन्द्र निर्विरोध निर्वाचित



पहिलोपोस्ट

दुवै रुकुमको जिससमा माओवादी केन्द्र निर्विरोध निर्वाचित

रुकुम : रुकुम र पूर्वी रुकुममा नेकपा माओवादी केन्द्रका उम्मेदवार जिल्ला समन्वय समितिमा निर्विरोध निर्वाचित भएका छन्। 

दुवै जिल्लाको निर्वाचनका लागि प्रमुख र उपप्रमुखसहित नौ–नौ जनाको उम्मेदवारी परेको थियो। मुख्य निर्वाचन अधिकृतको कार्यालयले उनीहरु निर्विरोध निर्वाचित भएको घोषणा गरेको छ। 

पूर्वी रुकुम जिसस प्रमुखमा गजेन्द्रबहादुर ओली र उपप्रमुखमा भीमकुमारी पुन तथा सदस्यमा दयालसिंह पुन, धनीमान बुढा, महेन्द्र मल्ल, जनक विक, आस्था विक, विष्णु नेपाली र रीता विक निर्विरोध निर्वाचित भएका हुन्।

यस्तै पश्चिम रुकुम जिसस प्रमुखमा राजकुमार शर्मा र उपप्रमुखमा इन्दिरा बीएम तथा सदस्यमा धनवीर ओली, अमृत बोहरा, टेकबहादुर ओली, विष्णु सुनार, निर्मला रसाइली, नउम घर्ती र चिमेली सुनार निर्विरोध निर्वाचित भएका पश्चिम रुकुमका मुख्य निर्वाचन अधिकृत डण्डपाणि शर्माले जानकारी दिए। रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell