PahiloPost

Jul 27, 2025 | १२ साउन २०८२

सनुप पौडेल र अन्जु पन्तको आवाजमाल फिल्म 'रुद्रप्रिया'को नयाँ गीत



पहिलोपोस्ट

सनुप पौडेल र अन्जु पन्तको आवाजमाल फिल्म 'रुद्रप्रिया'को नयाँ गीत

काठमाडौं : फिल्म 'रुद्रप्रिया'को नयाँ गीत सार्वजनिक भएको छ। 'तिम्रोबाहेक अरु' बोलको गीत भिडियोसहित युट्युबमार्फत सार्वजनिक गरिएको हो। गीतको भिडियोमा मुख्य दुई कलाकार आर्यन सिग्देल र रेखा थापाको फिचरिङ रहेको छ।

सार्वजनिक गीतलाई अम्बिका शर्माले लेखेकी हुन्। गीतमा स्वर सनुप पौडेल र अन्जु पन्तले दिएका छन् भने संगीत अर्जुन पोखरेलको रहेको छ।

फिल्म युनिटले ट्रेलर र गीत 'मेरो माया छ भने' बोलको गीत रिलिज गरेको थियो। अभिनेत्री एवं निर्मातासमेत रहेकी रेखा थापा र अभिनेता आर्यन सिग्देलले ७ वर्षपछि रुद्रप्रियमार्फत अनस्क्रिन रोमान्स गरेका छन्। यसअघि सात वर्ष पहिले प्रदर्शनमा आएको फिल्म ‘कसले चोर्योि मेरो मन’मा आर्यन र रेखा एकसाथ देखिएका थिए। त्यसपछि रेखा र आर्यनले एउटै पर्दामा काम गरेनन्। बोलचालसमेत ठप्प भएको उनीहरुको सम्बन्ध फिल्म रुद्रप्रियले जोडेको छ।

सुदिप बबी भूपाल सिंहको लेखन तथा निर्देशन रहने फिल्म ‘रुद्रप्रिया’ को छायाँकन आउदो जेठ महिनाको पहिलो सातादेखि सुरु हुनेछ। फिल्मको रिलिज टार्गेट कात्तिक २ गते लक्ष्मी पूजालाई तोकिएको छ। रमेश एमके पौडेल र सरस्वती थापा निर्माताको रुपमा रहेको फिल्ममा संजय लामाको छायाँकन, सुरेश अधिकारी र अर्जुन पोखरेलको संगीत रहनेछ।



 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell