वीरगञ्जः प्रदेश नम्बर दुईको एक मात्र महानगरपालिका वीरगञ्जमा ४६ हजार ७ सय ४१ मत गणना भएको छ।
अहलेसम्म भएको मतगणनामा संघीय समाजवादी फोरम अगाडि देखिएको छ। कांग्रेस उम्मेदवारभन्दा एक सय कम मतले संघीय समाजवादी फोरमका उम्मेदवार अगाडि छन्।
यस्तो छ पछिल्लो मतपरिणाम
विजय सरावगी संघीय समाजवादी फोरम -१०२१८
नेपाली कांग्रेस अजय द्वीवेदी -१०१४१
राजेशमान सिंह राजपा -७१३९
बसरुद्दिन अनसारी नेकपा एमाले -५१९२
रहवर अनसारी माओवादी केन्द्र -४६६३