PahiloPost

Jul 27, 2025 | १२ साउन २०८२

जनकपुर उपमहानगरमा राजपा विजयी



पहिलोपोस्ट

जनकपुर उपमहानगरमा राजपा विजयी

धनुषा : जनकपुर उपमहानगरपालिकाको प्रमुख तथा उपप्रमुखमा राष्ट्रिय जनता पार्टी नेपाल विजयी भएको छ। 

मेयरमा राजपाका उम्मेदवार लालकिशोर साह २१ हजार ९०३ र उपमेयरमा  रीता झा १७ हजार १४७ मत ल्याई विजयी भएका हुन्।

उनीहरुका निकटतम प्रतिद्वन्द्वी क्रमशः नेपाली कांग्रेसका मनोजकुमार साहले ११ हजार १६४ र कांग्रेसकी नीलम कर्णले १० हजार ६०५ मत ल्याएकी छन्। 

उपमहानगरपालिकामा रहेका २५ वडामध्ये राजपाले १२ वटा वडा, कांग्रेसले सात वडा, संघीय समाजावादी फोरम नेपालले तीन, नेकपा एमालेले दुई र स्वतन्त्र उम्मेदवार एक वडामा विजयी भएका छन्।रासस

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell