PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

बङ्गलादेशमा रोहिग्या शरणार्थीलाई मोवाइल बोक्न प्रतिबन्ध



पहिलोपोस्ट

बङ्गलादेशमा रोहिग्या शरणार्थीलाई मोवाइल बोक्न प्रतिबन्ध
फोटो श्रोतः .thedailystar.net

ढाका :  बङ्गलादेशले म्यानमारबाट आफ्नो मुलुकमा प्रवेश गरेका रोहिङ्ग्या मुसलमान समुदायबाट शरणार्थीलाई मोबाइल फोनको सेवा नदिन यहाँका दूरसञ्चार सेवा प्रदायक कम्पनीलाई निर्देशन दिएको छ। 

बङ्गलादेशमा रहेका करिब चार लाख ३० हजार रोहिङ्ग्या शरणाथीलाई मोबाइल सेवा दिएमा दूरसञ्चारकम्पनीलाई जरिवाना लगाइने सरकारले बताएको छ। 

सञ्चारमन्त्रालयका उच्च अधिकारी इनायत हुसेनले एएफ्पीसँग भने–केही समयका लागि रोहिङ्ग्या शरणार्थीले कुनै सिमकार्ड किन्न पाउने छैनन्।

शनिबार सुरक्षाको कारण देखाउदै सरकारले तत्कालका लागि मोबाइल सेवा उनीहरूलाई नदिन निर्देशन दिएको हो। 

बङ्गलादेशले यस पहिले नै आधिकारिक परिचय विना सिमकार्ड आफ्नै नागरिकलाईसमेत नदिन निर्देशन दिइसकेको छ। 

हामीले रोहिङ्ग्या शरणार्थीको सुरक्षाका लागि मानवीय समवेदनाका आधारमा आफ्नो भूमि उनीहरूलाई प्रयोग गर्न दिएपनि राज्यको सुरक्षाका लागि मोबाइल सेवा तत्कालका लागि दिन नसकिएको हुसेनले बताए।। रासस/एएफ्पी
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell