PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

सुरक्षा कारबाहीमा अफगानिस्तानमा तालिवानका वित्तीय व्यवस्थापकको मृत्यु



पहिलोपोस्ट

सुरक्षा कारबाहीमा अफगानिस्तानमा तालिवानका वित्तीय व्यवस्थापकको मृत्यु

काबुलः अफगानिस्तानको सुरक्षा बलले समानगन प्रान्तमा गरेको कारबाहीमा तालिवानका वरिष्ठ वित्तीय व्यवस्थापक मुल्लाह रमाजुल्लाहको मृत्यु भएको अफगानी अधिकारीले जनाएका छन्। 

शनिबार राति तालिवान विद्रोहीका लडाकूले आश्रय लिँदै आएको दराए इएस जिल्लाको देउकुण्डी गाउँमा भएको सुरक्षा कारबाहीमा जुवाइर भनिने रमामुल्लाहको मृत्यु भएको गृह मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ। 

उनी त्यस क्षेत्रका कुख्यात तालिवान नेता रहेका साथै उनको मृत्युसँगै समानगनमा क्षेत्रमा तालिवानी प्रभाव निकै कमजोर हुने मन्त्रालयले जनाएको छ। तालिवान समूहले यसको अझै पुष्टि गरिसकेको छैन। रासस/सिन्ह्वा 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell