PahiloPost

May 6, 2026 | २३ बैशाख २०८३

चिकित्सकको आन्दोलनका कारण महाकाली अञ्चल अस्पतालको सेवा ठप्प



पहिलोपोस्ट

चिकित्सकको आन्दोलनका कारण महाकाली अञ्चल अस्पतालको सेवा ठप्प

कञ्चनपुरः आकस्मिकबाहेक सबै सेवा ठप्प पारी महाकाली अञ्चल अस्पताल भीमदत्तनगरका चिकित्सक आन्दोलनमा उत्रेपछि बिरामी मर्कामा परेका छन्। 

तीन दिनदेखि चिकित्सकले बहिरंग सेवा ठप्प पारी आन्दोलनमा लागेपछि बिरामी उपचारका लागि अन्यत्र जान थालेका छन्।

सरकारले ल्याएको विधेकको विरोध गर्दै चिकित्सक आन्दोलनमा गएपछि बिरामीले चर्को शुल्क तिर्दै निजी क्लिनिक र भारतका निजी अस्पतालमा उपचार गराउनुपरेको छ। 

चिकित्सकको राष्ट्रव्यापी आन्दोलन भएकाले यसबाट बिरामी मर्कामा परेको महाकाली अञ्चल अस्पताल विकास समितिका अध्यक्ष अशोक पाण्डेयले बताए। दुर्गम गाउँबाट उपचारका लागि पुग्ने बिरामीले बढी सास्ती खेप्नु परेको छ। रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell