PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

चिकित्सक संघको माग पुरा भएन्, अझै केही दिन अस्पताल बन्द हुने



सागर बुढाथोकी

चिकित्सक संघको माग पुरा भएन्, अझै केही दिन अस्पताल बन्द हुने

काठमाण्डौं : चिकित्सक संघ र स्वास्थ्य मन्त्रालयबीच आज आइतबार बसेको बैठक बिना निष्कर्ष टुङ्गिएको छ। 'जेल विथ आउथ बेल'(धरौटीबिना जेल)मा सहमति हुन नसकेपछि वार्ता बिना निष्कर्ष टुङ्गिएको संघका महासचिव लोचन कार्कीले बताए।

संघले स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मी सुरक्षा ऐन संशोधन गरी 'जेल विथ आउथ बेल'को प्रावधान राख्नु पर्ने माग राखेको छ।  कार्कीले भने, ‘मुख्य सचिव र स्वास्थ्य मन्त्रीले प्रधानमन्त्री नभएका कारण सहमति जनाउन सकेनन्। हामी सहमती नभए आन्दोलन फिर्ता लिदैनौँ।’ प्रधामनन्त्री शेरबहादुर देउवा अहिले विदेश भ्रमणमा छन्। देउवा नआउन्जेल सहमती नहुने देखेको कार्कीले बताए।

असोज २ गते मन्त्रीपरिषदको बैठकले चिकित्सकको लापरवाहीले बिरामी घाइते तथा मृत्यु भएमा क्षतिपूर्ती डाक्टरले नै बेहोर्नु पर्ने बिधेयक बनाउन स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएको थियो। सोही दिन वक्तब्य जारी गर्दै चिकित्सक संघले आन्दोलनको कार्यकर्म घोषणा गरेको थियो। ६ गतेदेखि चिकित्सकहरुको आन्दोलनको कारण इमरज्न्सीबाहेक अन्य स्वास्थ्य सेवा ठप्प छ। चिकित्सक संघको आन्दोलनका कारणा बिरामीहरु मर्कामा परेका छन्।



 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell