PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

वार्ता नमिलेपछि चिकित्सक संघ थप आन्दोलित, भोलि स्वास्थ्य मन्त्रालय घेराउ गर्ने



सागर बुढाथोकी

वार्ता नमिलेपछि चिकित्सक संघ थप आन्दोलित, भोलि स्वास्थ्य मन्त्रालय घेराउ गर्ने

काठमाडौं :  नेपाल चिकित्सक संघले सरकारसँगको वार्ता बिना निष्कर्ष टुगिंएपछि थप आन्दोलनका कार्यक्रम घोषणा गरेको छ।

वार्तामा सहमति हुन नसकेपछि चिकित्सक संघले सोमबार १० बजे एप्रोनसहित स्वास्थ्य मन्त्रालय घेराउ गर्ने भएको हो। त्यसैगरि देशभरका स्वास्थ्यकर्मीहरुले सम्बन्धित जिल्ला प्रशासन कार्यालय घेर्ने कार्यक्रम रहेको चिकित्सक संघले जनाएको छ।

आइतबार राति अबेरसम्म वार्तामा बस्दासमेत जेल विथआउट बेलमा कुरा नमिलेपछि वार्ता बिना निष्कर्ष टुगिंएको हो। सरकारले जेल विथआउट बेलको नियम लागू नगरेसम्म अन्दोलन स्थगित नहुने संघका महासिव लोचन कार्कीले बताएका छन्।


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell