PahiloPost

Dec 27, 2024 | १२ पुष २०८१

कांग्रेस र राजपाको विरोधपछि वीरगंजको मतगणना रोकियो



राधेश्याम पटेल

कांग्रेस र राजपाको विरोधपछि वीरगंजको मतगणना रोकियो

वीरगंज : खसेको मतको मुचुल्काभन्दा बढी मत पाइएको भन्दै नेपाली कांग्रेस र राजपा नेपालको विरोधमा वीरगंज महानगरपालिकाको मतगणना राेकिको छ।
 
पटक-पटक निर्वाचन आयोगलाई जानकारी गराएको तर, सुनवाई नभएकाले मतगणना स्थलबाट प्रतिनिधि फर्काइएको नेपाली कांग्रेस र राजपा नेपाल जनाए। मतगणना स्थलबाट फोरम नेपालबाहेक प्रायः दलले विरोध जनाएका छन्।

राजपाका मेयरका उम्मेदवार राजेशमान सिंहले निर्वाचन आयोगका प्रतिनिधिहरुले मतगणनामा धाँधली  गरिरहेको प्रतिक्रिया दिए।

यसैबीच नेपाली कांग्रेसका युवा नेता अरविन्द गुप्ताले भने निर्वाचन आयोगको सूचना पारदर्शी नभएको र खसेको मतभन्दा बढी मत भेटिए पनि सर्वदलीय बैठक नबसाएको कारण मतगणना स्थलबाट आफूहरु बाहिरिएको बताए।

कांग्रेस र राजपाले हार बेहोरेको वडामा मुचुल्काभन्दा बढी मत गणना भएको दावी गरेका छन्। राजेशमानले वडा न ३ र ७ मा मुचुल्काभन्दा बढी मत गणना गरी अन्य पार्टीका उम्मेदवारलाई विजयी गराएको दावी छ।

मतगणना पुनः सुरु गर्न मध्यरातअघि बसेको सर्वदलीय बैठकमा कांग्रेस, एमाले, राजपा, माअोवादी केन्द्र पुनः मतगणनाको पक्षमा उभिए। 

पछिल्लो मतगणनाअनुसार फोरम नेपाल २ सय २० मतले अगाडि छ।

ताजा मत परिणाममा ५०१४८ मत गन्दा

फोरम नेपालको मेयरमा ११६८२ र उपमेयरमा १११३६
नेपाली कांग्रेसको मेयरमा ११४७२ उपमेयरमा १३०५७
राजपा नेपालको मेयरमा ७६३० र उपमेयरमा ६५९९
एमाले मेयरमा ५६६६ उपमेयरमा ६८६७
माओवादी मेयरमा ५१५६ र उपमेयरमा ३३७२
फोरम लोकतान्त्रिकको मेयरमा ४६२१ उपमेयरमा ३८०५

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell