PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

रुसी सेनाको हवाई कारबाहीमा सिरियामा ४५ बिद्रोहीको मृत्यु



पहिलोपोस्ट

रुसी सेनाको हवाई कारबाहीमा सिरियामा ४५ बिद्रोहीको मृत्यु

बेरुत: रुसको हवाई सेनाले गरेको हवाई कारबाहीमा परी उत्तरपश्चिमी सिरियामा कम्तीमा ४५ जनाको मृत्यु भएको छ।

मृत्यु हुने सबैजना विद्रोही रहेको मानवअधिकारकर्मीहरूले बताएका छन्। सिरियाको इडलीब प्रान्तमा सो कारबाही भएको सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुगमनकर्ताहरूले आइतबार जानकारी दिएका छन्।

शनिबार भएको सो हवाई कारबाही किन भयो भन्ने बारेमा अहिलेसम्म रुस वा सिरियाली सरकारले नै कुनै जानकारी दिएको छैन।

रुसी सेनाले फायलाक अल साम आवद्ध विद्रोहीहरूलाई लक्ष्य गरेर सो कारबाही गरेका थिए। घटना भएको इडलिब द्वन्द्व प्रभावित क्षेत्रको रूपमा मानिन्छ।

सिरियामा गएको कम्तीमा पनि पाँच वर्षदेखि हिंसा जारी छ। यहाँ तीन लाखभन्दा बढी नागरिकले हिंसामा परी ज्यान गुमाएका छन्।  रासस/एएफपी



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell