PahiloPost

Jul 29, 2025 | १४ साउन २०८२

प्रधानमन्त्रीको सम्पत्तिः काठमाडौँमा घरजग्गा छैन, दाइजोमा प्राप्त सात तोला सुन, बैंकमा १६ लाख नगद



पहिलोपोस्ट

प्रधानमन्त्रीको सम्पत्तिः काठमाडौँमा घरजग्गा छैन, दाइजोमा प्राप्त सात तोला सुन, बैंकमा १६ लाख नगद

काठमाडौँ: प्रधानमन्त्री शेरबहादुर देउवाको सम्पत्ति विवरण सार्वजनिक भएको छ। सार्वजनिक पद धारण गरेको लामो समयसम्म सम्पत्ति विवरण सार्वजनिक नभएको भन्दै उनको आलोचना भएको थियो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आइतबार सम्पत्ति विवरण सार्वजनिक गरेको हो।

सार्वजनिक भएको सम्पत्ति विवरणअनुसार प्रधानमन्त्रीको व्यक्तिगत नाममा घरजग्गा छैन। घरजग्गाको हकमा डडेलधुरामा संगोलमा रहेको पैत्रिक सम्पत्तिमात्र छ।

यस्तै, २०५१ सालमा विवाहमा ७ तोला सुन र १० थान असर्फी प्राप्त भएको विवरणमा उल्लेख छ।

२०५३ सालदेखि २०७० सालसम्म स्वआर्जनबाट खरिद गरेको औँठी प्रधानमन्त्रीसँग छ। हिरा, पन्ना, रुबी र मुगासहितको औँठीको मूल्य खुलाइएको छैन।

सम्पत्ति विवरणअनुसार प्रधानमन्त्रीसँग कुनै पनि सवारी छैन। शेयर, ऋणपत्र, धितोपत्र पनि उनीसँग छैन।

२०७० मंसिरदेखि हालसम्म प्राप्त भएको सांसद्को पारिश्रमिक बापतको १६ लाख ५० हजार ७३९ रुपैयाँ प्रधानमन्त्रीको नाममा रहेको एभरेष्ट बैंकको खातामा नगद व्यालेन्स रहेको विवरणमा उल्लेख छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell