काठमाडौ : नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको नाममा तस्करीको सुन लुट्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
रसुवाको कालिकास्थान क्षेत्रमा शनिबार युवा संघका महासचिव किरण पौडेलसहितको गाडीलाई बाटोमा रोखेर सिआईवीबाट आएका प्रहरी हौं, यो गाडीमा सुन छ भन्दै खानतलासी गर्ने नुवाकोटका पशुपति थपलिया र बद्री थपलियालाई प्रहरीले पक्राउ गरेको हो।
युवा संघ महासचिवलगायतका व्यक्तिहरु सवार बा १५ च ३३३३ नम्बरको गाडीलाई बा १६ च ५४९४ नम्बरको मोटर साईकलमा आएका पशुपति र बद्रीले बीच बाटोमा रोकेर सीआईवीको नाममा खानतलासी गरिरहेका बेला पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रसुवाका डिएसपी शरद कुमार क्षेत्रीले जानकारी दिए।
पक्राउ परेका दुबैजनालाई थुनामा राखेर अनुसन्धान थालेको र उनीहरुसँग सलग्न केही फरार भएकाले खोजी भईरहेको डिएसपी क्षेत्रीले बताए ।
प्रहरी स्रोतका अनुसार शनिबार बिहान उक्त गाडीमा ८ किलो भन्सार छलीको सुन आएको भन्ने खबर ती नक्कली प्रहरीलाई पुगेको थियो।
सुन लुट्ने मनसायले उनीहरुले त्यो गाडी बाटोमा रोकेर चेकजाँचको बाहाना बनाएका थिए। त्यही बेला युवासंघका महासचिव पोडेलले प्रहरीलाई खबर गरेका थिए।