PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

अब ६ स्थानीय तहको मत परिणाम आउन बाँकी



पहिलोपोस्ट

अब ६ स्थानीय तहको मत परिणाम आउन बाँकी

काठमाडौँः असोज २ गते निर्वाचन सम्पन्न भएका प्रदेश नम्बर दुईका आठ जिल्लाका १३६ स्थानीय तहमध्ये १३० स्थानीय तहको मतपरिणाम सार्वजनिक भएको छ। 

निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जेइओसी) बाट प्राप्त पछिल्लो विवरणअनुसार, स्थानीय तहको प्रमुख एवं अध्यक्ष पदमा नेपाली कांग्रेस ३७, नेकपा एमाले १७, नेकपा माओवादी केन्द्र २१, राष्ट्रिय जनता पार्टी नेपाल २४, संघीय समाजवादी फोरम नेपाल २५, नेपाल लोकतान्त्रिक फोरम तीन, नेपाली जनता दल दुई र नयाँ शक्ति पार्टी नेपाल एक स्थानमा विजयी भएका छन्। 

यसैगरी, जम्मा एक हजार २७१ वडामा भएको निर्वाचनमा हालसम्म एक हजार २३३ वडाको मतगणना सम्पन्न भएको छ। 

अब छ स्थानीय तह र ३८ वडाको निर्वाचन परिणाम आउन बाँकी रहेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए। बाँकी स्थानीय तहको मतगणना कार्यलाई छिटो सम्पन्न गर्नेगरी गणना कार्य भइरहेको आयोगले जनाएको छ।रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell