काठमाडौं: नायक दिक्पाल कार्की ‘मिस्टर ग्राण्ड इन्टरनेशनल’का लागि फिलिपिन्स पुगेका छन्। ४० देशबाट प्रतिस्पर्धी सहभागी हुने पुरुष सौन्दर्य प्रतियोगीतामा नेपालको प्रतिनिधित्व उनले गर्ने भएका हुन्।
फिलिपिन्सको मनिला शहरमा हुन लागेको ‘मिस्टर ग्राण्ड इन्टरनेशनल’ १२ दिन लामो हुनेछ। प्रतियोगीतामा उनी लगायतका सहभागीले फोटोसुट, र्याम्पवाक, स्पोट च्यालेन्ज, स्पिच कम्पिटिसन लगायतमा राउन्डहरु हुँदै फाइनलका लागि भिडन्त गर्नेछन्।
दिक्पाल भन्छन्,'मिष्टर ग्राण्ड इन्टरनेशनल’मा उत्कृष्ट ठहरिएर नेपालको पुरुष मोडलिङ तथा सौन्दर्य प्रतियोगितालाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने मौका हो। म सक्दो माथि पुग्न कोसिस गर्छु।'
‘रंग बैजनी’ र ‘च्याम्पियन’ फिल्ममा अभिनय गरिसकेका दिक्पाल यसअघि मिस्टर काठमाडौं (२००९), म्यानहन्ट इन्टरनेशनलको फस्ट रनर्स अप (२०१२), मिस्टर ग्लोवल नेपाल (२०१६)का विजेता हुन्। उनले मिस्टर ग्लोवल २०१६ मा थाइल्याण्डमा नेपालको प्रतिनिधित्व गर्दै छैठौं स्थानमा आफूलाई उभ्याएका थिए।
उनले डिजाइनरहरु मनिष राई, कमल मानन्धर, लक्ष्मी गिरी, मञ्जु बन्जरा ढकाल लगायतले तयार पारेका पोशाकहरु ‘मिस्टर ग्राण्ड इन्टरनेशनल’मा प्रस्तुत गर्ने बताइएको छ।
