PahiloPost

Jul 29, 2025 | १४ साउन २०८२

करेन्ट लागेर एककाे मृत्यु



पहिलोपोस्ट

झापा : झापाको भद्रपुर नगरपालिका – १० का ७१ वर्षीय डम्बरबहादुर लिम्बूको करेन्ट लागेर मृत्यु भएको छ। 

जङ्गली हात्ती लखेट्ने क्रममा उनलाई हिजो राति करेन्ट लागेको प्रहरीले जनाएको छ। लिम्बूले घरवरिपरि लगाएको करेन्ट पर्खालमा ठोक्किन पुग्दा उनलाई करेन्ट लागेको र उपचारका लागि मेची अञ्चल अस्पताल भद्रपुर लैजाने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell