PahiloPost

Jan 1, 2025 | १७ पुष २०८१

चिकित्सकको आन्दोलनका कारण पोखराका अस्पताल ठप्प, बिरामीको बिचल्ली



नरहरि पौड्याल

चिकित्सकको आन्दोलनका कारण पोखराका अस्पताल ठप्प, बिरामीको बिचल्ली

पोखराः  सरकारले स्वास्थ्य क्षेत्रलाई प्रतिकुल हुने गरी कानुन बनाउन लागेको भन्दै चिकित्सकहरु आन्दोलनमा उत्रिएपछि पोखरामा विरामी प्रभावित भएका छन्।

मन्त्रिपरिषद्को बैठकले चिकित्सकको लापरवाहीले बिरामी घाइते तथा मृत्यु भएमा क्षतिपूर्ति सम्वन्धित चिकित्सकले नै बेहोर्नु पर्ने विधेयक बनाउन स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएपछि मुलुकभरका चिकित्सक आन्दोलित भएका हुन्।

पोखराका पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, मनिपाल शिक्षण अस्पताल, गण्डकी मेडिकल कलेज र करिव एकदर्जन निजी अस्पतालहरुमा दैनिक ठूलो संख्यामा उपचारार्थ आउने बिरामीहरु चिकित्सक आन्दोलनका कारण प्रभावित भएका हुन्। 


घण्टौं धाएर बागलुङको गल्कोटदेखि छोराको मानसिक उपचार गराउन आएका बलबहादुर थापा चारदिनदेखि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमै अलपत्र परेको बताउँछन्। 

‘दशैं आइसक्यो, अस्पताल खुल्ला र जँचाएर फर्कुँला भनेर बिहानदेखि बेलुकासम्म खुलिहाल्छकी भन्ने आशामा अस्पतालमै छु, खुल्ने छाँटकाँटै छैन,के हेरेर बसेको छ सरकार ?’,उनले भने। 

आन्दोलनका कारण उपचार नभएपछि विरामी निरास भएर फर्किने गरेका छन्। अस्पतालका ओपिडी सेवा बन्द भएपछि पोखराका अधिकांश अस्पतालका आकस्मिक कक्षमा बिरामी खचाखच भरिएका छन्।

नेपाल चिकित्सक संघ गण्डकीका अध्यक्ष डाक्टर निर्मल लामिछानेले आन्दोलन आफूहरुको रहर नभई बाध्यता भएको बताए। 
चिकित्सक संघको आह्वानमा चिकित्सकहरुले आज देशभरका जिल्ला प्रशासन कार्याल घेराउ गरेका छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell