PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

फिल्म 'तान्द्रो'को ट्रेलर सार्वजनिक, जनआन्दोलनको थप एउटा कथा



पहिलोपोस्ट

फिल्म 'तान्द्रो'को ट्रेलर सार्वजनिक, जनआन्दोलनको थप एउटा कथा

काठमाडौं: फिल्म 'तान्द्रो'को ट्रेलर सार्वजनिक भएको छ। सत्य घटनामा आधारित फिल्मले जनआन्दोलनको कथा समेट्छ। सार्वजनिक ट्रेलरले फिल्मको सोही थिम प्रस्तुत गर्छ।

माओवादी लडाकु गंगा बहादुर लामाको संस्मरात्मक किताब ‘स्मृतीका डोबहरु’को कथामाथि फिल्म बनेको छ। दयाहाङ राईको मुख्य भुमिका रहेको फिल्म आउँदो कार्तिक २४ गते प्रदर्शनमा आउँदैछ। फिल्मले अन्तराष्ट्रिय फिल्म महोत्सवहरुमा भने यसअघि नै सहभागिता जनाइसकेको छ।

साम्तेन भुटिया निर्देशित फिल्ममा अन्य कलाकारको रामबाबु गुरुङ, बुद्धी तामाङ, सरस्वती चौधरी, राजन खतिवडा, अरुणा कार्की, कमलमणी नेपाल, मणीराम पोखरेल लगायतका कलाकारको अभिनय रहेको छ। तान्द्रोलाई पुरुषोत्तम प्रधानले खिचेका हुन्। शतिस कुमार गौतम, ब्ल्याक हर्स पिक्चर र सिनेमा आर्टसको संयूक्त लगानीमा निर्माण भएको फिल्ममा उपेन्द्र सुब्बाको पटकथा र रामबाबु गुरुङको संवाद छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell